भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भानु हाम्रा गौरव हुन् / दैवज्ञराज न्यौपाने

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

भानु हाम्रा गौरव हुन् पुर्खा पौरखिला
अजम्वरी कीर्तिकथा मुर्तिएका शिला ।

मिर्मिरेमै ब्यूँझिएर मित्र बनी आए
सबैलाई सुहाउने मीठो गीत गाए
त्यही गीत सुसेलेर बग्दै आयौँ हामी
चुली माथि चुली नौला थप्दै आयौँ हामी ।

जति पाइला अगि बड्छौं चड्छौं जति चुली
ती सबैमा उनैको छ मीठो तोते बोली
त्यही बोली सम्झिएर भाका भर्दै आयौँ
उत्साहले सग्बगाई अघि सर्दै आयौँ ।

साहित्य र संस्कृतिका निकै प्रिय नामी
भानु हाम्रा सम्पदा हुन् सम्झदैछौँ हामी
अमरत्व त्यसैमा छ मुस्कुराउने सधैँ
कोही महान् हुन्न त्यसै विशेषता नभै ।