भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भेट नहुनुको अर्थ / राजेश्वर रेग्मी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


भेट नहुनुको अर्थ आज बुझें मैले
गालाको त्यो रातो लाज बुझें मैले

दिनभर हतासहतास थियौ तिमी
पर्खिएको सम्साँझ बुझें मैले

मुख छोपी मनका कुरा कहाँ लुक्छ
हृदयको बन्द आवाज बुझें मैले

नाचिरहिछ्यौ पाउजुको छम्चम्मा
के को हो यो रियाज बुझें मैले

सत्यसँग सधैं कति भागी हिड्छौ ?
कुरा खुल्ने डर छ सबै माझ बुझें मैले