भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
माछा / हरिभक्त कटुवाल
Kavita Kosh से
					
										
					
					
कैदीहरुले –
जेल तोडेको 
पर्खाल नाघेको
मुक्ति कुर्दा-कुर्दै 
मरेको
आत्महत्या गरेको
समाचारहरु
कम-से-कम थाहा छैन
काँचका बाकसमा पालिएका
राता-पहेँला माछाहरुलाइ ;
तिनका लागि
यहाँ कुनै अखबार छापिदैन
ती त मक्ख छन् मानिसको शक्तिमा 
जसले 
एउटा सिङ्गै समुद्र अटाइदिन्छ
काँचको बाकसभरि ।
	
	