भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मानव पुकार / हर्कजङ्गसिँह छेत्री

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

                (१)
आदि, अनादि, अनन्त आधार ।
छैन जहाँ यो झूटो माया,
छैन जहाँ सुख दुःखको छाया,
जहाँ छ जीवन कंचन काया,
कहाँ छ यस्तो विमल संसार
आदि, अनादि, अनन्त आधार ।

                 (२)
छ कुंज कानन सौरभ छर्ने,
दल मधुप मधुर गुन्जन गर्ने,
सरवर सुन्दर सरिता बग्ने
कहाँ छ यस्तो विमल संसार,
आदि, अनादि, अनन्त आधार ।