भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मानिस मर्दैन / दैवज्ञराज न्यौपाने

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मानिस मर्दैन,
मानिस कहाँ मर्छ, रातमा कि दिनमा?
दिनमा मानिस मर्दैन त
रातमा पनि मानिस मर्दैन,
उसको गुण मर्दैन,
काम र व्यक्तित्वको सम्मान मर्दैन,
यो गीताको उपदेश छ,
'आत्मामा मूर्तिएको शरीर
मरेरै पनि मानिस मर्दैन',
उसले हरियो जीवनको दरकार देखेको छ,
उसैको बलियो काँधमा
विश्वको अभिभारा बोकेको छ,
अनि, सिर्जनाको नौलो सपनालाई
जीवनको पात-पातमा लेखेको छ,
त्यसैले,
कुकुर मरेझैँ
मानिस मर्दैन ।