भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मान्छेको भगवान / मोमिला

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मान्छेले बनाएको मन्दिर
मन्दिरभित्रको देवता
मान्छे उसैसँग डराउँछ ।
युग पगालेर
मान्छेले स्थापन गरेको आस्था
उही ईश्वरका अगाडि
मान्छे अपराध गर्छ ।
कहिले बेमौसममा अपराधबोध गरेर
मान्छे नै मान्छे बन्छ
कहिले अपराध नदोहोर्याोएर मान्छे
मान्छेकै भगवान् बन्छ ।