भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मान्छेहरु किन छोटा–छोटा / राजेश्वर रेग्मी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मान्छेहरु किन छोटा–छोटा अचेल
पि“ध नभएका खाली लोटा अचेल

कविहरु त छन् धेरै तर पनि
कहाँ जन्मे ? भूपि, देवकोटा अचेल

सबैको चाह त्यसमा सबैको मोह
पाए हुन्थ्यो महल एकेक ओटा अचेल

तिमीले त मलाई बनाएरै छोड्यौ,
कहीँ नचल्ने सिक्का ‘खोटा’ अचेल

‘काम’ बनाउन अरु के चाहिन्छ र ?
भए पुग्छ दाम मोटा–मोटा अचेल