भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

रातपछि सधैँ उज्यालो दिन / राजेश्वर रेग्मी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



रातपछि सधैं उज्यालो दिन हुँदोरहेछ !
टेकेर हिंड्नु तरखरमा कठिन हुँदोरहेछ !

भेटिन मैले केही पनि बिना मोल त्यसै मिल्ने
मान्छेको मन त सहरमा बेच, किन हुँदोरहेछ

ठेस लाग्ला कसैलाई धक्का लगाएर हिंडौला
घटना स–सानो पनि छानबिन हुँदोरहेछ

आवरण छोपेपछि गाह्रो हुन्छ पहिचान गर्न
बासी खबर अखबारमा नवीन हुँदोरहेछ

बैंशको आत्तुरीले किन त्यसै मात्तिएकी ?
समय धेरै तिमीसँग एकछिन् हुँदोरहेछ