भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सधैँ देखिने आँशुको भेल / राजेश्वर रेग्मी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


सधैं देखिने आँसुको भेल, कस्तो अचम्म
तिमी र मेरो अनौठो मेल, कस्तो अचम्म

कुर्सीमा बसिरहने चाहना हुँदाहुँदै पनि
छुट्याइदिने दैवको खेल, कस्तो अचम्म

बढिरहेछ महङ्गी आकाश छुने गरी
तैपनि बजारमा ठेलमठेल, कस्तो अचम्म

रुनलाई त म पनि रोइरहेको नै छु
देखेर यो विषद् वेमेल, कस्तो अचम्म

देखिए चोरहरु हाम्रै घर, आँगनमा
साधुलाई चैं हत्कडी र नेल, कस्तो अचम्म