भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
हे कुन्जमा गुञ्जियो / माधवप्रसाद घिमिरे
Kavita Kosh से
केटा – हे कुन्जमा गुञ्जियो
केटि – स्वर कोइलीको
केटा – हे बासना छरियो
केटि – बेली चमेलीको
केटा – हराभरा यो बाटिकामा हो, तार मन बिनाको आफै लौ झंकियो
दूर दूर यो आबाज हो, पवनको गतिमा अकासिने भो
केटि – हर्षको आँशु मेघ झैँ नै भो
केटा – हे निद्रा हरायो हो
केटि – मेरो परेलीको
केटि – हे क्षितिजमा हो सुर डुबेको गोधुलीमा हो पंक्षी लुक्न गो
पूर्ण चन्द्रको मुस्कान भो बसुधामा हो ज्योति पोखियो
केटा – मायाको बन्धन नचुडिने भो
केटि – हे ताराले सिंगार्यो
केटा – माथि उजेलिको