Last modified on 26 जुलाई 2016, at 01:56

एक युग भयो / भीमदर्शन रोका

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 01:56, 26 जुलाई 2016 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार= भीमदर्शन रोका |अनुवादक= |संग्रह= }...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

एक युग भयो, छाडेर घर
म यात्री गर्न एक्लै सफर
हिँडिरहेछु साथी ! म हिँडिरहेछु
आरम्भ छाडि अन्तदेखि वेखबर !
एक युग भयो . . .

सधैँ विहान हिँड्न थाल्दछु म
सधैँ सांझ ताराहरु बाल्दछु म
सधैँ दिनको एकै अन्त देख्दा
किन हो किन लाग्दछ डर ?
एक युग भयो . . .

जहाँ-जहाँ वास बस्दै जान्छु
ती सबलाई आफ्नै घर ठान्दछु म
फर्कु यदि भोलि यही बाटो
गाह्रो पर्ला मलाई चिन्न मेरै घर !
एक युग भयो . . .