भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सपना नदेखूँ / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 07:55, 27 जुलाई 2016 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार=सुमन पोखरेल |अनुवादक= |संग्रह=ज...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज



 
यस्तो मातूँ कि
आफूलार्इ समेत बिर्सूँ
यो रात कुनै सपना नदेखूँ।
 
हर रात
आफूभन्दा ज्यादा
मलार्इ भत्काएर जाने
विपनाजस्तै लथालिङ्ग सपना नदेखूँ।
 
कहिल्यै कसैले देख्न नचाहेका
खबरकागजका अनगिन्ती वीभत्सताहरू,
टेलिभिजन र रेडियोबाट विस्फोट भर्इ निस्किने हिँस्रक स्वरहरू,
 
कानै उखेलेर लाने आवाजहरू,
विस्मयको सीमा पार गराएर
आँखालार्इ उघारै पारी छोड्‍ने दृश्यहरू,
मुटु चुँडाएर भाग्ने संवेदनहीनताहरू,
आफ्ना उच्छिृङ्खल भीडका नाङ्गा जुलुस लिएर
कोलाहल गर्न नआऊन्‍ सपनामा।
महल बनाउँदा बनाउँदै खण्डहर भएको,
शीतलताको नदी बग्दाबग्दै आगो भएको,
आकाङ्‍क्षाका रङ्गीन दृश्य
नभएको झिलिमिलीमा मिसिएर खरानी भएको,
प्रतिफल लिएर आउने सपनाहरू नआऊन्‍ मलार्इ जिस्क्याउन।
 
सम्पूर्ण समय नै धमिल्याउने
बेइमानीको निबन्धभन्दा ज्यादा बेइमान
वर्तमानको यथार्थजस्तै भयानक
सातवटा जीवन एकै ठाउँ अल्झिएझैँ जटिल
विछोडका रातभन्दा लामा
सपनाहरूबग्दै जाऊन्‍ र कतै ब्ल्याकहोलतिर पसून्‍।
 
यो रात
प्रेमको मद्‍होस किरण ओढेर आओस्‍
अनुरागका आशक्ति बोकेर आओस्‍
आओस्‍ मायाको मात लिएर।
 
मायामा यसरी मात्तिऊँ कि
कुनै सपना नदेखूँ।