भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

घण्टी / मञ्जुल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:54, 27 जुलाई 2016 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार=मञ्जुल |अनुवादक= |संग्रह= }} {{KKCatNepaliRach...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


हावा आउँछ
र सुस्तरी छुन्छ घण्टीलाई
घण्टी थरर्र काँप्छ
स्पर्शले, मीठो स्पर्शले
मायालु स्पर्शले
र मीठो गरी बज्छ
म चाहन्छु मेरो देश पनि यस्तै होस्
मीठो गरी बजोस्
देशबासीको स्पर्शले
तर घण्टी
प्रहारले फुट्छ, रगताम्मे हुन्छ
आवाज जो मीठो गरी बज्नु पर्ने हो
रगतमा मुछिएर लाटो हुन्छ
आँसु जस्तै
तप्प- तप्प चुहुन्छ
रगताम्मे भएर
आवाज- मेरो देशको आवाज