Last modified on 4 अगस्त 2016, at 07:24

गल्ती हजार हुन्छन् / गोपाल योञ्जन

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 07:24, 4 अगस्त 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=गोपाल योञ्जन |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


गल्ती हजार हुन्छन् यहाँ होश हराएको बेला
एक्लै तिमी नआऊ म मातिएको बेला

यी मेरा हातहरूले कहीँ घात गर्न सक्छ,
अनि प्यारो गर्दागर्दै पाप पनि गर्न सक्छ
रूपको के मूल्य हुन्छ म पशु भएको बेला
एक्लै तिमी नआऊ, म मातिएको बेला

कहीँ धर्म गर्ने निहूँमा बलिदान हुन नपाओस्,
सम्पूर्ण अङ्ग बाँधी अत्याचार हुन नपाओस्,
मेरा कामनाहरूले मलाई हराई दिन्छ,
तिमीभन्दा तिम्रो यौवन कहीँ मनपराइदिन्छ
रक्षक मलाई नसम्झ, म राक्षस भएको बेला
एक्लै तिमी नआऊ, म मातिएको बेला