Last modified on 4 अगस्त 2016, at 09:47

मेरो छेउ कोमल भाव बटुली नआऊ / गोपाल योञ्जन

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:47, 4 अगस्त 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=गोपाल योञ्जन |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


मेरो छेउ कोमल भाव बटुली नआऊ
म ढुङ्गा हुँ काँचको मुटु लिई नआऊ

यहाँ कोही कसैमा समर्पिन व्यर्थै
समर्पणपछि झन तड्पिन व्यर्थै
सबै आफ्नो आफ्नै समस्यामा व्यस्त
कसैबाट केही आश गर्नु व्यर्थै
कुनै प्रेम कथाको आधार लिई नआऊ

किन मान्छे रुन्छन् यहाँ साथी खोजेर
हेर म खुसी छु एक्लै जिएर
तेरो प्यासभन्दा निष्ठो छ संसार
तेरो आशभन्दा अँध्यारो छ संसार
यहाँ जुनकीरीको किरण लिई नआऊ