भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

२०२८ को क्यालेण्डरमा भानुचौक / कृष्ण पाख्रिन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:08, 5 अगस्त 2016 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार=कृष्ण पाख्रिन |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

कतै काठको सानो–सानो घुम्तीहरुको
खुजुरा पसलहरु थापेर
कतै विद्यार्थीहरुले लुकीचोरी खेल्ने
कुना र घुम्तीहरुलाई
बस स्टपको काखी च्यापेर
बजारको यो २०२८ सालको क्यालेण्डर
भारी नपाएको भरियाको सुस्केरा
र औद्योगिक दशान्तिमा यसरी उभिएको छ
मानौं कुनै काम नपाएर
भोको पेटले सताएको क्लिनर
र दुर्घटनामा लाइसेन्स खोसिएको ड्राईभर
आफ्नो भविष्य सोचेर
र वर्तमानको जिन्दगीलाई गुनासो गरेर
जसरी हिँड्दा हिँडदै एकाएक उभिन्छ ।
त्यसरी नै केही सोचेर
र फेसनका विदेशी चिज देखेर
यो चौक ठीक उस्तै गरी उभिएको छ ।
त्यसैले मलाई साह्रै नै घीन लाग्छ
र भन्न मन लाग्छ ।
 
 
भानुभक्तको यो भानुचौकमा
दिन दिनभरी
जसरी
लाखौं लाखको ब्यापार हुन्छ ।
त्यसरी
यही चौकमा
रात रातभरी
माती हिड्ने युवकहरुलाई
कामधेनु जस्तै घरेलु बार खुल्छ
यो देखेर निश्चय नै
एक दिन इतिहासले नै
पशु मान्छे र शुद्ध मानिस बीच
एउटा सीमा रेखा कोर्छ
र धेरै पछि............ पछि
यो भूलको विगतलाई सम्झेर
पशुसरीको मान्छे
आफैं नै धुरु धुरु रुनेछ !
आफैं नै धुरु धुरु रुनेछ !!