भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

शताब्दी. / कृष्ण पाख्रिन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 00:58, 16 अगस्त 2016 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार=कृष्ण पाख्रिन |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

एक
 
बम बोकेर हवाई आक्रमण गर्न हिँडेका
यी हवाईजहाजहरु हावामा कावा खाँदै
कुनै बेला आफ्नै देशमा
खसाल्छ कि जस्तो
बिना सूचना !
बिना दुस्मनी !!
यी बमहरु
 
दुई
 
जब जब यात्रा गर्छु
हवाईजहाजबाट
लाग्छ, कुनै दिन हाईज्याकिमा परेर
लास मात्र पाउनेछन्
मेरा सन्तान र मित्रहरुले
अनि दुःख र सान्त्वनाका शब्दहरुमा
छापिनेछ पत्रिकाको कुनै कोलममा
मेरो दुःखद मृत्युको समाचार !
मेरो आकस्मिक मृत्युको समाचार !!