भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
समर्पण / रमेश क्षितिज
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 19:00, 23 सितम्बर 2016 का अवतरण ('कथा मेरो जिन्दगीको बुझिदिने तिमी हुनु सुखको साथी द...' के साथ नया पृष्ठ बनाया)
कथा मेरो जिन्दगीको बुझिदिने तिमी हुनु सुखको साथी दुःखमा आँसु पुछिदिने तिमी हुनु !
धेरैधेरै मान्छेहरू रूपहरू थरिथरि पुछिदिने कोही हुन्न आँसु हुन्छ आँखाभरि एक्लिएर रोएँ भने वरै ! भन्ने तिमी हुनु वेवारिस भई हिँडे भने मेरो भन्ने तिमी हुनु !
कहाँ बास मागूँ मैले ढक्ढक्याऊँ कुन ढोका राति आफ्नै छाया हुन्न साथी सबै उज्यालोका सबले मलाई छोडी हिँड्दा साथ दिने तिमी हुनु दोबाटोमा लडेँ भने हात दिने तिमी हुनु !