भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
प्रस्थान / रमेश क्षितिज
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:59, 23 सितम्बर 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= रमेश क्षितिज |अनुवादक= |संग्रह= आ...' के साथ नया पृष्ठ बनाया)
स्नेहका केही कथा
चिनोहरू, धमिलाधमिला तस्बिरहरू
छोडी जान्छु यहीँ म
मलाई छँदैछन् यी पीरहरू !
तिमीहरू साक्षी छौ ए ! धूपीका बोटहरू
कतिपल्ट म रुझेँ कति भेटेँ ओतहरू
सम्झाइदिनू कसैलाई मेरो गहिरो विश्वास !
उदास–उदास छ मौसम टोलाइरहेछ आकास !
रमाइला दिनहरू या अनिँदा रातहरू
जो याद छन् तिनै अब – एकान्तका साथहरू
सुन्नु यी गीतका पङ्क्तिमा–मेरो स्वर उदास
उदास–उदास छ मौसम टोलाइरहेछ–आकास !