भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सितारमा युवती / रमेश क्षितिज

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:30, 20 नवम्बर 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रमेश क्षितिज |अनुवादक= |संग्रह=अर...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

निमग्न भएर आफैंमा
सल्बलाइरहेछन् आंैलाहरू तारमाथि,
कुनै तपस्वीजस्तो – हराएर आफैंभित्र
कसरी उठाइरहेकी
यतिविघ्न सुमधुर तरंगहरू  ?

पर्दा खस्छ – परेलीजस्तो
पर्दा उठ्छ – परेलीजस्तो
हावा बग्छ
कि बग्छन् रागहरू परिवेशमा  ?

गुन्जन्छ संगीत
कि खस्छ कुनै कथा टुक्रा–टुक्रा भएर  ?
यो प्रतिध्वनि त्यो सितारको
कि सिम्फोनी पीडाको ?
 
खसिरहेछन्
अंगुरका झुप्पाजस्ता शब्दहरू – उठाइरहेछु
तैरिरहेछन् आँसुहरू बतासमा – समेटिरहेछु,

चुपचाप उभिएको छु एक छेउमा
अस्थिर छु ! उद्विग्न छु !!
हिर्काएको तारमा हो कि मेरो मनमा

कतै फैलिरहेका यी झङ्कारहरू
मेरै ह्रदयका कम्पन त होइनन् ?