भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
प्रिज्म् / मनप्रसाद सुब्बा
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:49, 22 नवम्बर 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=मनप्रसाद सुब्बा |अनुवादक= |संग्रह...' के साथ नया पृष्ठ बनाया)
म प्रकाशको एक झीनो रश्मी
तिम्रो आँखाको प्रिज्ममा छरिएर
आफ्ना रङ्गहरू हेर्छु
अनि आफैलाई चिन्ने गर्छु
आफैलाई चिन्नु जस्तो मुश्किल कुरो
अरू के नै पो छ र !
आफूलाई आफैले आविष्कार गरेपछि
आफू मात्र देखिन्छ सबैतिर