भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
हरियो डाँडामाथि हलो जोत्ने साथी / धर्मराज थापा
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:16, 8 जनवरी 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= धर्मराज थापा |अनुवादक= |संग्रह= }} {{...' के साथ नया पृष्ठ बनाया)
हो है ह ह!
हरियो डाँडामाथि हलो जोत्ने साथी
हो हो माले हो हो, हो हो तारे हो हो
ह ह ह ह ह ह हो र!
चाम्रोमाटो माथि बाल्दै मनको बाती
डल्ला फर्काई फर्काई ढाड मर्काई मर्काई
हो हो झुले हो हो हो हो लुरे हो हो
पख् पख् पख् पख् पख् पख् पख् पख् ह!
अनौं हलो समाई बाँझो खान्छ कमाई
हिउँद वर्षाभरि जोत्छ यसै गरी
हो हो तिर्खे हो हो हो हो तारे हो हो
त त त त त त रे हो!
त्यतिका दिन गयो बसेर के भयो
काम गर्ने दिन सबै भाइ हिंड
ह ह ह ह ह ह ह ह
हो हो माले हो हो
हो हो तारे हो हो