भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
उकाली चढ्दा पसिना पुछ्ने / अम्बर गुरुङ
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:10, 8 जनवरी 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= अम्बर गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCa...' के साथ नया पृष्ठ बनाया)
उकाली चढ्दा पसिना पुछ्ने
तिमी नभए अरु को होला
मर्मलाई बुझ्ने तिमी एक मेरो
तिमी नभए अरु को होला
अरुले मलाई धुत्कारी दिदाँ
मायाले मलाई छातीमा टास्ने
कसैले सोधे को तेरो भनी
जवाफ तिमी बाहेक को होला
तिमी नै सोच मेरो को होला
जंघार तर्न हात समाउने
तिमी नै हौ त्यो अरुको होला
तिमी नभए ठूलो संसारमा
आफन्त भन्नु अरु को होला
लाञ्छना धेरै धेरैले गरे
कतिले अमृत भनी विष घोले
त्यसरी आफ्नो कोही नहुँदा
सहारा तिमी नभै को होला
तिमी नै भन मेरो को होला