Last modified on 9 जनवरी 2017, at 09:04

‘मनु’ बमभोला जस्तो लाग्छ / मनु ब्राजाकी

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:04, 9 जनवरी 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= मनु ब्राजाकी |अनुवादक= |संग्रह= }} {{...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

‘मनु’ बमभोला जस्तो लाग्छ
आज केही होला जस्तो लाग्छ

फूल आहा ! कत्ति राम्रा
काँढा आई छोला जस्तो लाग्छ

तुर्तुरे यो अश्रुधारा
निकै ठूलो खोला जस्तो लाग्छ

मृत्यु आज दुरुस्त नै
मनुष्यको चोला जस्तो लाग्छ

अनि पो त राम आज
रावणसामु रोला जस्तो लाग्छ ।