Last modified on 28 फ़रवरी 2017, at 15:02

शब्दातीत मान्छेका विरुद्ध / कृष्ण प्रसाई

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:02, 28 फ़रवरी 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कृष्ण प्रसाई |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

मैले,
बन्दुक, बारुद र आगो सित सोधेँ-
उनीहरुको गर्मी र ऊष्णता,
राप, तातो पन र सबै-सबै-
जो मान्छेका समाप्तिमा पर्याप्त थिए ।
अनि बन्दुक बोल्न थाल्यो मसँग-
ऊ बुद्ध हुन चाहन्थ्यो रे आफैँमा ।
बारुदको पनि गुनासो थियो,
ऊ साधु सुत्न चाहन्थ्यो शान्तिमा ।
आगोको इच्छा त झन् कम थिएन,
ऊ फूल फक्रिन जान्दथ्यो रे आफूमा ।
कस्तो अचम्म !
तर कसै गरी सुख दिएनन् मान्छेले-
मान्छेको इच्छा त गजबकै हुँदोरहेछ ।
आफू बाँच्न अरुलाई मार्नुपर्ने-
आफू रम्न अरुलाई साध्नुपर्ने-
एक-एक गरी,
चुनौती समेत थिए-
यस्तै रहिरहे,
असहृय हुँदै गए,
एक दिन-
बन्दुकहरु बोल्ने रे !
बारुदका मौनताहरु,
वाक्य भएर पड्कने रे !
र आगोले आफ्नो व्रत पनि तोड्ने रे !
शब्द र शब्दातीत मान्छेका विरुद्ध ।