भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ग्रन्थ सूचि / विमल कोइराला

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:01, 4 मार्च 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=विमल कोइराला |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

अनुसन्धानको सिलसिलामा
पाठ्य-सामग्रीको सूचि तयार गर्ने विद्यार्थी
आफूभित्र हराएर
बडो चिन्तित मुद्रामा लेख्दै हुन्छ,
उसले तयार पारेको सूचिभित्र
सम्पूर्ण विषयहरु आ-आफ्ना उपसंहारसँग
आफै टोल्हाएर
चुपचाप बसेकाछन्, त्यो
ग्रन्थ सूचीमा
विज्ञान छ-जसको शीर्षक "आधारशीलाको अभाव" छ
दर्शन-जसको शीर्षक "विश्वासको संकट" छ
वातावरण- जसको शीर्षक "एकदमै बिग्रँदो स्थिति" छ
राजनीति-जसको शीर्षक "हराएको क्षेत्र" छ
मानवता-जसको शीर्षक "पलायन" छ
जनसंख्या- जसको शीर्षक "राष्ट्रीयताको प्रश्न" छ
अर्थतन्त्र- जसको शीर्षक "संकट भित्रको संकट" छ

यी तमाम शीर्षकहरुभित्र हराएर
त्यो विद्यार्थी
ग्रन्थ सूचि मिलाउनपट्टि होइन
आफ्नो अस्तित्वपट्ट बढी केन्द्रित छ
किन अचेल यस्तो संकट आर्इपर्छ
किन अचेल हामी सबैलाई त्यो विद्यार्थीको जस्तै
थुप्रै प्रश्नहरुले यसरी चिमोट्ने गर्छ ?