Last modified on 16 मार्च 2017, at 14:43

त्यो बग्दो ऐना / मनप्रसाद सुब्बा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:43, 16 मार्च 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


तिम्रा आँखाबाट
चुपचाप चुहिएका
थोपा
थोपा
शब्द-
हरूले
मेरो संवेदनाको वाफ यस्तरी पखालिदियो
कि त्यो त सङ्लो पानीको ऐना भइदियो

त्यो तरल ऐनामा थियो
तिम्रै तातो अनुहार
अनि त्यो अनुहारको आँखामा चाहिं
मेरो आफ्नै अनुहार !