भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
यो ज्यानको माटोमा / मनप्रसाद सुब्बा
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:44, 16 मार्च 2017 का अवतरण
यो मेरो ज्यानको माटोलाई
तिम्रा औंलाहरूले छोएका मात्र के थिए
कि त्यहाँ उम्रियो यौटा संवेदन
जसका कुत्कुत्याउँदो लहरा अनि
चिल्ला टल्किँदा पातहरूले
यो शरीरको डल्लै खेत ढाकिदियो
अनि मेरो मुटुको फेदसम्मै जरा हालेर
यो संवेदनले
धड्काइरहन्छ अनन्त साउती प्रेम... प्रेम... प्रेम... !