Last modified on 7 मई 2017, at 19:34

सूर्य र कविता / विमल निभा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 19:34, 7 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल निभा |अनुवादक= |संग्रह= }} {{KKCatKav...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

सूर्य एक कविता हो

सूर्य कलात्मक छ
भावपूर्ण छ
लययुक्त छ
सूर्यको पङ्क्ति–पङ्क्ति पढ्न मन लाग्छ
अक्षर–अक्षर लेख्न मन लाग्छ
शब्द–शब्द सुनाउन मन लाग्छ

कविता एक सूर्य हो

कविता चम्किलो हुन्छ
तापपूर्ण हुन्छ
प्रकाशयुक्त हुन्छ
कविताको न्यानो घाम ताप्न मन लाग्छ
तातो बाँड्न मन लाग्छ
चमक छर्न मन लाग्छ

सूर्य एक कलात्मक, भावपूर्ण र लययुक्त कविता हो
कविता एक चम्किलो, तापपूर्ण र प्रकाशयुक्त सूर्य हो

साथी, सूर्य र कवितामा कुनै अन्तर छैन
दुवै अन्धकारका कट्टर दुस्मन हुन् ।