भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

शब्दध्वनि / दिलमान राई 'चोट'

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:05, 8 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=दिलमान राई 'चोट' |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

तपतपको शब्दध्वनिमा
दुई थोपा आँसु चुहुन्छ
आँखाबाट शून्यताको।

हल्लैहल्लाको हजारमा
सबैका कानहरू थुनिएका छन्
सिबाय एउटा बहिरो ठिटाको।

कसको प्रश्न सुन्नु/नसुन्नु
वाल्ल परेको छ उत्तर
बुझ्न नसकी कचिङ्गल रुप्पीको।

जूनले घामलाई डाह गर्छ
पैँचो उज्यालोमै चम्कन्छन्
जूनकीरीहरू जुनेलीको।

नाटकीय रङ्गमञ्च झूटो प्रपञ्च
दोस्रो पटक शवपरीक्षण गरिन्छ
महिनौँ गाडेको मुर्दाको।