भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जीवन कविताजस्तो किन हुँदैन ? / प्रमोद प्रधान

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:52, 8 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=प्रमोद प्रधान |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

म फूललाई हेर्छु
र, फूलसँग जीवनलाई दाँज्छु;
मभित्र एउटा प्रश्न उम्रन्छ—
जीवन फूलजस्तो सुन्दर किन छैन ?

नदी प्रवाहपूर्ण वेगमा बगिरहेको छ
म जीवनलाई त्यही नदीजस्तै बाँचेको हेर्न खोज्छु;
तर, मभित्र एउटा विरोध बोल्छ—
जीवन नदीजस्तै प्रवाहमय किन छैन ?

मानिसका अनुहारमा अनेक पीडा बोलिरहेछ
जीवन पीडित अनुहार झैँ असहाय बाँचिरहेछ
हुन त जीवन उज्यालो दीपशिखा हुनुपर्ने हो;
म आफैसँग बहस गरिरहेछु—
जीवन दीपशिखा झैँ उज्यालो किन छैन ?

साँच्चै,
म आफैसँग प्रश्न गरिरहेछु—
जीवन फूलजस्तै सुन्दर किन छैन ?
जीवन नदीजस्तै प्रवाहमय किन छैन ?
जीवन दीपशिखाझैँ उज्यालो किन छैन ?

म आफैसँग बहस लडिरहेछु
जीवन यात्राजस्तै रोमाञ्चकारी किन छैन ?
जीवन सङ्गीतजस्तै सुरिलो किन छैन ?
जीवन कविताजस्तो किन हुँदैन ।