Last modified on 12 मई 2017, at 09:06

होर्डिङवोर्ड / देवान किराती

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:06, 12 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=देवान किराती |अनुवादक= |संग्रह=हु...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

होर्डिङ बोर्डमा झुन्ड्याइएको
त्यो तरुनी–तस्बिर
बारम्बार बलात्कार गरिरहन्छ मलाई ।

त्यसको त्यो नाङ्गो तिघ्राहरू
उदाङ्गो नाइटो
अस्वाभाविक उठेको स्तन
गोगनेको रूखमा चट्याङ परेझैँ
झड्याम्म ! झड्याम्म !!
मेरो मस्तिष्कमा बज्रिन्छ
उप्m ऽऽऽ कति भयावह .....?!

खानुअघि खानामा
थुप्रिन्छ त्यसको त्यो भद्दा स्तन
हिँड्नुअघि बाटोमा
एम्बुस बनिदिन्छ त्यसको त्यो खाल्डो नाइटो
सुत्नुअघि आँखामा
झ्वाम्म आउँछ जलाउँला झैँ
त्यसको त्यो अगुल्टो आँखा
जसरी पनि बलात्कार गरिरहन्छ मलाई त्यो तस्बिर ।

बिर्सनु बिर्सन्छु
जीवनको बाटो त क्रमशः छ
होर्डिङ बोर्ड देखेर फेरि तर्सन्छु ।

म बलात्कृत छु
होर्डिङ बोर्डमा...............।