भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्रश्न / उमेश लुइटेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:54, 13 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=उमेश लुइटेल |अनुवादक= |संग्रह= }} {{KKCa...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

शिक्षाको ब्याडमा शब्दका बीज छरेर
कुशाग्र कर्णाधार जन्माउन तल्लीन
ए ! मेरा समादरणीय सर
आदर्शको छाती ध्वारध्वारी च्यात्ने
यो कस्तो शिक्षा दिनु भो तपाइँले ?

तपाइँकै शिष्यहरू
सन्त्रासका लक्ष्मण रेखा कोरेर
भाइचाराको अन्त्येष्टि गरिरहेछन्
सानालाई, ठूलालाई र समकालीनलाई
मुर्कट्टा बनेर तर्साइरहेछन्
र किन उनीहरू नै
निरीह मान्छेका लाशको पहाड आरोहणको
कीर्तिमान गरिरहेछन् ?

सर , शिक्षाको यो बीजभूमिमा उभिएर
तपाइँप्रति श्रद्धाका अभिजात भावना बहाउँदै
प्रश्नैप्रश्नको आगोले लपेटिँदै प्रश्न गरिरहेछु
यो वर्तमान र तपाइँको शिक्षाका बीच साँच्चिकै अन्तर छ ?