भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

चित्रसँग ठोक्किदा / शुभलक्ष्मी लम्साल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:11, 15 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= शुभलक्ष्मी लम्साल |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

क्षितिजमा यत्रतत्र छरिएका दृश्यहरु
मनको आँखाको कूचीले
हृदयको क्यानभासमा बटुलेर हेरे
एउटा सम्पूर्ण चित्र बन्यो।
 
कालो बादललाई चिर्दै आभा फ्याँकिरहेको उषा,
एक जोडी चखेवा प्रेमालापको क्षण,
बीच सागरमा गन्तव्यतिर नौका खियाइरहोको माझी,
 
सृष्टिका सम्पूर्ण रंग समेटेर
पृथ्वी र आकाशलाई जोड्दै गरेको इन्द्रेणी,
गोधुलीमा गोठतिर फर्कदै गरेका बस्तु बथान,
केटाकेटीको खेल हेरेर रमाइरहेका चराहरु,
आनन्दको परकाष्टामा सम्पूर्ण प्वाख फिजाएर
नाचिरहेको मूजुर।
 
क्षितिजमा कोरिएका यी चित्रलाई
यथार्थमा रुपान्तरित गरुँ गरुँ लाग्यो
शान्तसँग आफ्नै आँगनीमा कोरुँ लाग्यो।