भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

संकल्प पुनरुक्ति / रमेश खकुरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:54, 15 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रमेश खकुरेल |अनुवादक= |संग्रह= }} {{KKC...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

सर्पको धर्म हो डस्नु धामीको धर्म औषधि
दया सज्जनको कर्म दुष्टको कर्म दुष्कृति ।

आगो लगाउने आफैं सक्तैनन् त्यो निभाउन
तर निर्माण गर्नेले गर्दछन् नव–सिर्जन ।

नहेरौं पछि फर्केर कसको दुष्टता कति
सुधारौं बरु आफैंले आफुलाई सकेजति ।

होस्टे गर्र्दै अघि बढौं हैँसे पनि त आउला
नआए पनि एक्लै नै चलाऊँ अघि पाइला ।

भत्काउनेहरू जत्ति सक्छन् भत्काउँदै रहून्
हाम्रा यी हात निर्माण कर्मबाट नपन्छियून् ।

चलेकै हो आदिदेखि द्वन्द्व सत्य असत्यको
भविष्यले नै भन्नेछ को भलो कुभलो छ को ।

दुष्टका सर्पका इच्छा यदि पूरा हुने भए
संसारै यो रहन्थेन असत्य विजयी भए ।

द्वेष आगो भएदेखि प्रेमको रूप हो जल
अवश्य जलले आगो पार्न सक्नेछ निष्फल ।

नयाँ वर्ष सबैमा यो संकल्प पुनरुक्ति दे
बुद्धि दे प्रेम दे सौम्य सिर्जना गर्न शक्ति दे ।