भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अवतार - १ / अमोददेव भट्टराई

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:18, 19 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=अमोददेव भट्टराई |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

जब साँझ पर्छ, मलाई हिजोआज
आगोमा हिँड्ने जोस चढ्छ
समुद्रमा फाल हाल्ने जाँगर चल्छ
सगरमाथा बिनाकुनै लुगा चढ्ने आँट बढ्छ ।

निशान्मुख जिन्दगीमा
के भइरहेछ मलाई आफँैलाई थाहा छैन !

राधा र कृष्णको सम्बन्ध खुवै मन पर्न थालेको छ
नरसिंह अवतार भएर सँघारमै टुक्रुक्क बस्न मन मानेको छ
अर्जुनजस्तै धीरोदात्त हुन पनि मन छ ।

के के भएजस्तो छ, के के नभएजस्तो पनि छ
के के पुगेजस्तो छ, के के नपुगेजस्तो पनि छ
भटमास गेडे शून्यतामा
फ्र्यान काफ्काको एकाएक परिवर्तित
कीराजस्तो भएको छु म मेटामरफसेस् !

बुद्धको शून्यवादजस्तो पनि लाग्छ
फेरि लाग्छ कृष्णको लीला !

आगो दन्किरहेछ काठमाडौँमा
म काली थुम्कोको डाँडाबाट
चुपचाप चुपचाप
सहर खाने तुँवालो हेरिरहेछु
सल्किरहेछ सहर
तर
कोलाहल पटक्कै छैन
मानिसहरू पकापक जलिरहेछन्
स्वस्फुर्त रूपमा !