Last modified on 21 मई 2017, at 09:45

रत्नशमशेर थापाका ८ हाइकु / रत्न शमशेर थापा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:45, 21 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रत्न शमशेर थापा |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

१)
नाङ्गिदै छन्,
हिउँको अभावमा
हिमालहरू ।

२)
लोप हुँदैछ
सौन्दर्य पहाडको
नापाई स्नेह ।

३)
मख्ख पर्दैछन्
लहरको स्पर्शमा
किनाराहरू ।

४)
अोसिहो धर्ती
निठुरी मौसमले
बदल्दा रङ ।

५)
खोज्दैछन् वास्ना
कागजको फूलमा
अल्लारेहरू ।

६)
को सुन्छ यहाँ
खोला नदीहरूको
तीतो गुनासो ।

७)
झर्दैछन् कठै
सिगारको सिठ्ठिझैँ
इच्छा पमै ।

८)
मनाऊ खुसी
धारिलो छुरा धसी
मेरो मुटुमा ।