भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पानीको रङ / निमेष निखिल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:58, 26 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= निमेश निखिल |अनुवादक= |संग्रह= }} {{K...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

सधैँ जस्तो आएर हुलाकी समय जिस्क्याउँछ-
पानीको रङ कस्तो हुन्छ -

कति पटक हेरियो पानीमा लहरहरुको ओहोरदोहोर
हिमालको छाया, पाखाको प्रतिबिम्ब
त्योभन्दा धेरै हेरियो आफ्नै अनुहारको ढलपल चित्र पानीमै
निलो आकाश पानीमै टल्कियो
ताराहरूको झलिमिल हल्लिरहृयो पानीभित्रै
बादलका बुट्टाहरुले कति खेले लुकामारी यही पानीमा, देखियो
तैपनि थाहा लागेन-
पानीको रङ कस्तो हुन्छ -

अतीतका सुदूर स्मृतिमा
जब तिमी उभिन्थ्यौ किनारमा
तिमी जस्तै लाग्थ्यो पानीको रङ
म उभिन्थेँ मै जस्तो
तिमी नै भन-
पानीको रङ तिमी जस्तो कि म जस्तो -
तिमी हाँस्दा गुलाबी हाँसो हाँस्थ्यो पानी पनि
तिमी रुँदा कालो बादल लाग्थ्यो पानीको सतहभरि
पानी त गुलाबी पनि बन्थ्यो छिनमै
र अँध्यारिन्थ्यो पनि एक्कासि ।

यसपालि पनि लखेटिएको छु
प्रश्नका नीलडाम छन् शरीरभरि
नेपथ्यमा सोधिरहन्छ समय घरिघरि-
पानीको रङ कस्तो हुन्छ -

आज लाग्दै छ-
सायद पानीको रङ
त्रि्रो र मेरो सम्बन्धको रङ जस्तै हुन्छ

सम्बन्ध जसको कुनै नाम छैन
पानी जसको कुनै रङ छैन ।