भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
प्रणयसिन्धुमा छचल्किएको –प्रेम रस / विष्णु न्यौपाने
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:36, 26 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= विष्णु न्यौपाने |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)
सगर माझ पतिङ्गरको पथ ।
नजरमा अडिने दिलको रथ ।।
नियमले नछुने गुण छुन्छ रे ।
हृदयमा सुनिने धुन चुन्छ रे ।।
(१)
पवन दौड सरी गतिमा चली ।
मन घुमीरहने अझ फन्फनी ।।
दिन बिते पनि रात प्रभातमा ।
महकको मन पर्छ दबाबमा ।।
(२)
समयले मन बेर्दछ दिन्दिन ।
वदनले रुप फेर्दछ छिन्छिन ।।
नयन जल्दछ मोहन तापमा ।
बहकिँदा मन त्यो रतिरागमा ।।
(३)
सुख बिना धन सम्पति व्यार्थ छ ।
प्रगतिको विधिमा पनि स्वार्थ छ ।।
तब तिनी पिउँछन् मद धड्कन ।
प्रणयमा अनुबन्धित लोचन ।।
(४)
रहरका कर राप कसी कसी ।
तन कसी मनले दिलका रसी ।।
जति उदात्त भयोे उति नै झुके ।
अनि दिवाकर ती कर मै लुके ।।
(५)