भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बन्द मुठी, अक्षर र शब्दहरू / सुधीर छेत्री

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 19:10, 30 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= सुधीर छेत्री |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


अलि अलि हावाले हल्लाइरहने गुरॉंसका पातहरू
एक -एक झरेर जानलागेपछि
नबुझिने कविताका शल्यपरीक्षामा भेटिएका
सम्वेदनाका टुक्राटाक्री छेस्का बटुली आफैलाई खोज हिँडें म।

माइलौं कागजको यात्रा गरिसक्दा शरीरका व्यञ्जनाहरू
स्वरसितका सम्भोगमा स्खलित भइसके।
नाद सुक्ने भइसक्यो। गति, यति बरालिए।

म हिँडें, अनि धेरै टाढा आइपुगेछु
यो सुरुङभित्र,
शब्दका लुगाहरू च्यातिएछन् अनि अघिपट्टि द्रौपदीझैं अर्धनग्न
मेरा स्वरहरू, व्यञ्जनाहरू।

फेरि भोलिपल्ट
लय छालहरू घोडा चढी आए
अनेकौं भँगेराहरूमा वसन्तको पराग गनायो,
सुवासका ठिटीहरू सपनाको बर्को ओढी आए,
आए विद्रुपताको मेघ छोा कमलको पात लिई।

प्रकृतिको सरोवरमा
जति कमुला माछाहरू छन् आनन्दका
त्यति नै अमृत बोकेर आई
विष्णु सृष्टिको अमृतमन्थनबाट।
अब जान्नँ म अघि।

मेरा ढुकढुकीहरू मेरा छैनन्।
भाषाका ब्रेल हत्केलाले टाउको सुम्सुम्याउन

चेतनाका विरूवाहरू
अलि टुसाउन लागेपछि फर्कन्छु।
म फर्कन्छु,
घुंघुरूहरू छरिएका अल्फाबेटहरू बोकेर
कॉंधमा अक्षर र
अँगालोमा भदौका खस्रा भ्यागुताजस्ता शब्दहरू बोकेर
उकालै उकालो, अभिव्यक्तिको भीरैभीर।