भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
शब्दहरुको तोडफोड / प्रमोद स्नेही
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:48, 31 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=प्रमोद स्नेही |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)
भएर अन्धभक्त
सुनेर तिम्रो भजन
भ्रमिक शब्दहरूमा सधैं
नतमस्तक भएर
ताली ठोकिरहनुपर्छ भन्ने छैन सरकार ... !
बाँधेर पट्टी
जबरजस्ती आँखामा
छेकेर किरण उज्यालोको
दिउँसै रात पारेर
राष्ट्रियतालाई नाङ्गो बनाउदै
अस्तित्वको बलत्कार गरिन्छ भने
हेर्दै जाऊ,
तिम्रो असली भक्तबाटै
तिम्रा भ्रमिक शब्दहरूको तोडफोड कसरी हुँदोरहेछ !
महाराज,
अब सुरु हुन्छ लडाइँ
तयार भए हुन्छ युद्ध लड्नलाई
म पनि तयारी नै छु गिरफ्तार हुनलाई ...
मात्र होइन
मानसिक रुपमा तयारी छु
तिम्रो गोली खानलाई
हेर्दै जाऊ महाराज
म कसरी आउनेछु तिम्रो मण्डपमा
तिम्रा भ्रमिक शब्दहरूको तोडफोड गर्नलाई ... !