Last modified on 4 जून 2017, at 15:39

म वैशाख बाँचिरहेछु / निमेष निखिल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:39, 4 जून 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=निमेष निखिल |अनुवादक= |संग्रह= मनह...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


टाँगेर मनको आँगनमा निस्सीम अनुभूतिको एउटा आकाश
म वैशाख बाँचिरहेछु धेरै कालदेखि उदासउदास।
 
मेरो वैशाखमा
मिथ्याको मैलो पोतेर मनभरि गर्व साँच्नेहरू छन्
कलिला मनहरू भत्काएर अहङ्कार बाँच्नेहरू छन्
मेरो आस्थाको चहकिलो वैशाखमा कालो पुछेर
आफ्नो अनुहार उजिल्याउनेहरू पनि छन्
खै किन बज्रँदैन मेरो वैशाख कहर बनेर
आफ्नै विरुद्ध विषवमन गर्नेहरूप्रति
मैले बुझ्न सकेको छैन।
 
थुप्रै वैशाखहरू चुठेर जुठेल्नामा
किन वैखाखकै पछि दौडन्छ मान्छे थाहा छैन
हजारौँ वैशाख मास्ने दुर्भावना साँचेर मनभरि
किन एक वैशाख सद्भाव र शुभकामना बाँढ्छ मान्छे
थाहा छैन
बोल्दैन वैशाख मौन छ शीतकालीन कोइलीजस्तै
बदलामा बोलिरहेछ मान्छे वैशाखमाथि सवार भएर।
 
बोल्न नसक्नुको निरीहता छ वैशाखसँग
आर्तहरूको शृङ्खला कहाँ नभएको हो र ऊसँग!
ए मान्छे !
अझै कति लिन्छौ वैशाखको सहनशक्तिको अग्निपरीक्षा ?
खबरदार! विद्रोह बनेर ब्युँझेला वैशाख
नबिथोल घाइते वैशाखलाई बेलाकुबेला
यति बेला म वैशाख बनेर बाँचिरहेछु
म वैशाख बाँचिरहेछु।