भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मान्छे र मेरो वर्तमान / निमेष निखिल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:50, 4 जून 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=निमेष निखिल |अनुवादक= |संग्रह= मनह...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

 
 
चितुवाहरू चिथोर्न खोज्दै थिए
निर्विकल्प मन
हताश चिच्याइरह्यो
क ख ग घ... ...
A B C D ... ...
लिप्साहरू ज्युँदै मरे
आँगन र मझेरीभरि
एक हूल उपहासहरू
डिस्को नाचिरहे

टुलुटुलु हेरिरह्यो/मुस्कुराइरह्यो
कि पौषको चिसोसँग
पौरुषमाथिको व्यङ्ग्यहास साट्यौ ?
ए मान्छे !
म प्रत्युत्तर खोजिरहेछु।
 
सुनाखरी र लालीगुराँस
फुल्न बिर्सेछन् यसपालि
पाखाभरि अहिले
यत्रतत्र छरिएका छन्
राता रगतका छिर्काहरू।
 
मान्छे कमजोर काँधमा
शनैः शनैः
थपिँदै छ वेदनाको भारी
आफन्तहरू हाँसिरहेछन् अट्टहास
पराइहरू छर्किरहेछन्
नुनिला सहानुभूति
क्रमशः चहर्याूउँदा घाउहरूमा।
 
पसिना निथारेर मादल पेट
चिरन्तन बजाइरहेछ भोक धुन
नाङ्गा ढाडहरू उसैगरी
दारिद्र्यको विज्ञापन गरिरहेछन्
कति खुम्चनु हो अझै
पीडाहरूको उत्तुङ शृङ्खला थप्दै
टापले क्षतविक्षत बनाउँदै छाती
समय : घोडादौड दगुरिरहेछ
अझै पनि छोरो
वीर पुर्खाको
गौरवशाली इतिहास पढिरहेछ।