Last modified on 21 जून 2017, at 17:21

चाँदीको भित्ता सुनको छानो / यादव खरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 17:21, 21 जून 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=यादव खरेल |अनुवादक= |संग्रह= }} {{KKCatGeet}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

चाँदीको भित्ता सुनको छानो मोतीको भण्डार
मानिस भयो लिलामी वस्तु यो कस्तो संसार
पैसाको लागि आजको मानिस सब पाप गर्दछ
धनको कैदी लोभको जेलमा निर्धन मर्दछ

पैसाले किन्छ मखमली ओछ्यान निदरी किनिन्न
चौरासी व्यञ्जन के गर्नु त्यसै भोक नभै चिनिन्न

स्वतन्त्रता त अमूल्य हुन्छ राखिन्न बिक्रीमा
मनको शान्ति चटपटी गर्छ धनको सिक्रीमा

शब्द - यादव खरेल
स्वर - महेन्द्र कपूर
संगीत - सम्भुजित बासकोटा
चलचित्र - लोभीपापी