भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी देख्दा रहर होला लागेर आउँछ / नगेन्द्र थापा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:24, 22 जून 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= नगेन्द्र थापा |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

केटा –
तिमी देख्दा रहर होला लागेर आउँछ
त्यसै त्यसै जिन्दगि मेरो जागेर आउँछ

केटि –
तिमी देख्दा न भै नाडी ओर्लेर आउँछ
छाती भरि लाजै लाजले भरेर आउँछ

केटा –
रोकुं भन्छु हाँसो आफै फुटेर आउँछ
के हुन लाग्यो आफ्नै माया लागेर आउँछ

केटि –
नसकी आज भावनाहरु उर्लेर आउँछ
आफ्नै मुटु पराई पराई लागेर आउँछ

केटा – तिमी देख्दा….

केटा –
नभनी मैले जिन्दगि मेरो तिमीमा सांचेछु
व्यर्थैमा आज पछुतो मलाई लागेर आउँछ

केटि –
हाँसखेल गर्दा मुटु नै मैले चुंडाई बाँडेछु
पीरले पनि साथीको माया लागेर आउँछ

केटा – तिमी देख्दा….

शब्द: नगेन्द्र थापा
संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल र समुह