भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी यसै लजायौ / दिनेश अधिकारी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:34, 22 जून 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=दिनेश अधिकारी |अनुवादक= |संग्रह= }} {...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

तिमी यसै लजायौ म उसै धकाएँ
नबोल्यौ तिमी नै न मैले बोलाएँ
कति स्वप्न आए परेलीमा बस्न
नसोध्यौ तिमीले न मैले सुनाएँ

बैंशालु पाखाभरि कोही चरेझैं
नजरको नशालु कुलेसो तरेझैं
हुरी चल्छ मनमा तिमी भित्र छौ कि
मेरो दिल हरायो तिमीले लियौ कि

यो कस्तो हो माया मुटु बाँढिए झैं
म हाँस्दा अधरमा तिमी बाँधिए झैं
झरी पर्छ तनमा तिमीले छोयौ कि
म बग्दो नदीको तिमी बाँध हौ कि

शब्द – दिनेश अधिकारी
स्वर – रविन शर्मा
संगीत – राम थापा