भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यो कर्मभूमिको आँगनमा / राजेन्द्र रिजाल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 18:36, 22 जून 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=राजेन्द्र रिजाल |अनुवादक= |संग्रह...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

यो कर्मभूमिको आँगनमा कर्मको उदाहरण प्रस्तुत गरेर देखाउँ
यहाँको धर्ती बाँझो छैन
विकासको फूल फुलाउँ

यो कर्मभूमिको आँगनमा कर्मको उदाहरण प्रस्तुत गरेर देखाउँ
यहाँको धर्ती बाँझो छैन
विकासको फूल फुलाउँ

विश्वास गर्छन् यहाँका मानिसहरू शब्दमा होइन कर्ममा
विकासको लहर पुर्‍याउनु छ शहरमा होइन गाउँमा
गाउँ, गाउँमा २

यो शान्तिक्षेत्रको आँगनमा शान्तिको उदाहरण प्रस्तुत गरेर देखाउँ
यहाँको धर्ती बाँझो छैन
विकासको फूल फुलाउँ

निर्माण गर्ने अपार शक्ति छ हामी नेपालीको पाखुरीमा
देश भक्ति दौडिरहन्छ यही रगतको थोपामा
थोपा, थोपामा

यो पुण्यभूमिको आँगनमा धर्मको उदाहरण प्रस्तुत गरेर देखाउँ
यहाँको धर्ती बाँझो छैन
विकासको फूल फुलाउँ

स्वर: दीपक खरेल
रचना: राजेन्द्र रिजाल
संगीत: शम्भुजित बास्कोटा