Last modified on 25 जून 2017, at 09:07

तिमीले बिर्से नि लाखै छ / गणेश रसिक

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:07, 25 जून 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


तिमीले बिर्से नि लाखै छ
तिमीले सम्झे नि लाखै छ
जे हुनुथ्यो भइसक्यो
दुखसुख चल्दैछ

जीवनयात्रा हिंड्दै जाँदा दोबाटोमा हामी मिसियौं
एउटै चाहना भए पनि चौबाटोमा हामी छुट्टियौं
पराई सम्झे नि लाखै छ
आफ्नो सम्झे नि लाखै छ
जे बित्नु बितिसक्यो
जसो तसो चल्दैछ

आफ्नो बिगत सम्झेर मलाई आत्माग्लानि कति नै छैन
जानी नजानी मैले जे गरेँ पश्चाताप पनि मलाई छैन
सराप दिए नि लाखै छ
माया गरे नि लाखै छ
जति सहनु सहिसकें
केही नदेऊ लाखै छ