भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जति चोट दिन्छौ देऊ मायालु / सुवासचन्द्र ढुङ्गेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:48, 29 जून 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सुवासचन्द्र ढुङ्गेल |अनुवादक= |सं...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


जति चोट दिन्छौ देऊ मायालु मुटुभित्र साँचेर राख्नेछु
जति आँसु दिन्छौ देऊ मायालु दुई आँखाबाट झार्नेछु

मुटुमा फुलेको विश्वासको फूल विवसताको हुरीले झारिदिएछ
तर तिम्रो नजरमा दोषीको श्रेय यो अभागीलाई मिलेछ
ठिकै छ मायालु म तिम्रो नजरमा दोषी भएर बाँच्नेछु
जति आँसु दिन्छौ देऊ मायालु दुई आँखाबाट झार्नेछु

विछोडको घाउमा खाटा नबस्दै तिमीले फेरि बदनाम गर्यौ
मेरो जीवनमा बहार आउने सारा मुहानहरू थुनिदियौ
ठिकै छ मायालु म जीवनभरि नै उजाड भएर बाँच्नेछु
जति आँसु दिन्छौ देऊ मायालु दुई आँखाबाट झार्नेछु

शब्द - सुवासचन्द्र ढुङ्गेल
स्वर, संगीत - भक्तराज आचार्य