भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सिनोमा आँखा पर्नु हुन्न / सुवासचन्द्र ढुङ्गेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:53, 29 जून 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सुवासचन्द्र ढुङ्गेल |अनुवादक= |सं...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


धेरै माथि उडेपछि सिनोमा आँखा पर्नु हुन्न
फाइदाको कुरो देख्यो कि तलतल झर्नु हुन्न ।

सम्पत्ति सबैलाई चाहिन्छ जिन्दगी बाँच्नलाई
तर पैसाका लागि बजारमा नाम छर्नु हुन्न ।

जन्मदै मृत्यु पनि साथ ल्याएको हुन्छ मान्छेले
स्वार्थका लागि हर दिन सस्तो मृत्यु मर्नु हुन्न ।

मान्छेको भीडमा आफूलाई मान्छे भनी चिनाउन
हरियो देख्यो कि पशुझैँ जथाभावी चर्नु हुन्न ।